नियम ७०
मुद्दाको समय तालिका उपलब्ध गराउने
(१) पुनरावेदन दर्ता भएपछि पुनरावेदक र झिकाइएका प्रत्यर्थीलार्ई अदालतले अनुसूची–१० बमोजिमको ढाँचामा प्रत्येक मुद्दाको कारबाहीको समय तालिका उपलब्ध गराउनेछ ।
(२) उपनियम (१) बमोजिमको समय तालिकाको एक प्रतिमा पक्षको सहीछाप गराई शाखा प्रमुखले प्रमाणित गरी मिसिल सामेल राख्‍नु पर्नेछ ।
(३) तारिखमा नरहेको पक्षहरूलाई मुद्दाको कारबाहीको स्थिति र पेसी सम्बन्धी जानकारी उपनियम (१) बमोजिम उपलब्ध गराइएको समय तालिकामा पक्षले इच्छा गरे अनुसारको कुनै एक माध्यमबाट उपलब्ध गराइनेछ ।